क्वारेन्टाइनमा बसेका १ सय १० जना घर फिर्ता – Himalayan Dainik

क्वारेन्टाइनमा बसेका १ सय १० जना घर फिर्ता


क्वारेन्टाइनमा बसेका १ सय १० जना घर फिर्ता

गुल्मी,४ वैशाख – जिल्लाका विभिन्न स्थानीय तहमा क्वारेन्टाइनमा रहेका १ सय १० जना व्यक्ति घर फर्किएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन जिल्ला बाहिर र भारतबाट घर फर्केका उनीहरुलाई कोरोनाको कुनै लक्षण नदेखिएको हुँदा सातदेखि १४ दिनसम्म सम्बन्धित स्थानीय तहमा क्वारेटाइनमा राखेर घर पठाइएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले बताए ।

जिल्लाका ६ पालिका क्वारेन्टाइनमा अझै ३२ व्यक्ति बसिरहेका छन् ।

स्वास्थ्य कार्यालय गुल्मीले जिल्लाका मदाने, धुर्कोट, गुल्मीदरबार र रुरुक्षेत्रका क्वारेन्टाइनमा रहेका २५ जनाको र्‍यापिट टेष्ट समेत गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. शर्माले जानकारी दिए ।