मौसम : देशका विभिन्न ठाउँमा चट्याङ, हुरीबताससहित केही ठाउँमा असिना पानी पर्ने – Himalayan Dainik

मौसम : देशका विभिन्न ठाउँमा चट्याङ, हुरीबताससहित केही ठाउँमा असिना पानी पर्ने


मौसम : देशका विभिन्न ठाउँमा चट्याङ, हुरीबताससहित केही ठाउँमा असिना पानी पर्ने

काठमाडौं, बैशाख ४ – बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित असिना पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमीसँगै स्थानीय वायुको प्रभावले देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ मध्य र पूर्वका केही ठाउँ तथा पश्चिमका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार आजभन्दा भोलि र पर्सी देशका धेरै ठाउँमा पानी पर्नेछ । अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्न लागेकाले भोलि र पर्सि देशभरिकै मौसम सामान्यतया बदली भइ देशका विभिन्न ठाउँमा चट्याङ, हुरीबताससहित केही ठाउँमा असिना पानी पर्ने उहाँले बताउनुभयो ।