मलेसियामा चार जना नेपाली पक्राउ – Himalayan Dainik

मलेसियामा चार जना नेपाली पक्राउ


मलेसियामा चार जना नेपाली पक्राउ

काठमाडौँ, ३ वैशाख – मलेसियामा तरकारी किन्न बाहिर निस्किएका चार जना नेपाली श्रमिक पक्राउ परेका छन् ।

मलेसियाको जोहरबारुमा मंगलबार साँझ ६ बजेतिर तरकारी किन्न बजार गएका नवलपरासीका गोविन्द चौधरी, मोरङका उमेशकुमार चौधरी, झापाका सुशील उराउ र कञ्चनपुरका रमेश राना प्रहरीले पक्राउ गरेको उनीहरुसँगै बस्ने अभिषेक कार्कीले बताएका छन ।

लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले उनीहरुले पक्राउ गरेको हो । तर सबैसँग पास भएको र एकैपटक धेरै जना निस्किएकाले प्रहरीले पक्राउ गरेको हुन सक्ने कार्कीको भनाई छ ।

कार्कीका अनुसार पक्राउपछि चारै जनाको मोबाइल स्विच अफ छ । त्यहाँको नियमअनुसार पासपोर्ट बुझाएर प्रतिव्यक्ति एकहजार मलेसियन रिंगिट  तिरेपछि सबै छुट्न सक्ने भनेर कम्पनी म्यानेवरले आश्वासन दिएको पनि कार्कीले बताएका छन ।