काठमाडौँ, ३ वैशाख – अर्थमन्त्री युवराज खतिवडा केहि समयअघि सनसिटी अपार्टमेन्टमा नगएको मन्त्रीका प्रेस संयोजक यमन पौडेलले स्पष्ट पारेका छन् ।
अर्थ मन्त्री खतिवडाका छोरा अपार्टमेन्टको आन्तरिक समितिका पदाधिकारीको लागि चुनावमा उठेको र खतिवडा त्यहाँ पुगेको समाचार बाहिरिएको थियो । खतिवडा कुनै सार्वजनिक कार्यक्रम तथा भेलामा सहभागी नभएको र निवास, सिंहदरबार र बालुवाटारका काममा मात्र व्यस्त रहेको उल्लेख गरिएको छ ।
मन्त्री खतिवडा मुटुको बिरामी भएकाले स्वास्थ्यमा निकै सजक रहेको पनि स्पष्ट पारेको छ ।