दुई घण्टामा लकडाउन उल्लघंन गर्ने २ हजार समातिए – Himalayan Dainik

दुई घण्टामा लकडाउन उल्लघंन गर्ने २ हजार समातिए


दुई घण्टामा लकडाउन उल्लघंन गर्ने २ हजार समातिए

काठमाडौं, बैशाख ३ – कोरोना संक्रमण रोक्नका लागि सरकारले घोषणा गरेको लकडाउनको पालना नगर्ने २ हजार ३८ जनालाई प्रहरीले बुधबार विहान पक्राउ गरेको छ । विहान दुई घण्टामै उनिहरुलाई पक्राउ गरी कारवाहीस्वरूप ३ घण्टा बाटोमै होल्ड गरिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार ६ देखि ८ बजेसम्मको समयमा १ हजार ५ सय ६३ र ४ सय ७५ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ । मंगलबारबाट काठमाडौं उपत्यकामा लकडाउनमा थप कडाइ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंमा समेत २ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि लकडाउनमा कडाइ गरिएको हो । मृत्यु र गम्भीर प्रकृतिका बिरामीबाहेक अरूलाई एक स्थानबाट अर्को स्थान प्रवेशमा रोक लगाइएको प्रहरीले जनाएको छ ।