कुनै व्यक्तिसँग जोडेर मारवाडी समूदायको बदनाम गर्नेकाम राम्रो होइन: संयोजक घिरैया – Himalayan Dainik

कुनै व्यक्तिसँग जोडेर मारवाडी समूदायको बदनाम गर्नेकाम राम्रो होइन: संयोजक घिरैया


कुनै व्यक्तिसँग जोडेर मारवाडी समूदायको बदनाम गर्नेकाम राम्रो होइन: संयोजक घिरैया

काठमाडौँ,३ बैशाख –  मारवाडी सेवा समितिका सदस्य तथा राहत वितरण समितिका संयोजक महाविर घिरैयाले कुनै एक व्यक्तिलाई जोडेर सिंगो मारवाडी समूदायलाई लज्जित पार्नेगरी केही समाचार माध्ययमले समाचार प्रकाशन गरेको भन्दै आपत्ति प्रकट गरेका छन्।

कर्णाली सन्देशसँगको कुराकानी संयोजक घिरैयाले केही दिन यता एकजना व्यक्तिको गलत आचरणलाई लिएर सिंगो मारवाडी समूदायको अस्तित्व र आत्मसम्मानमाथि प्रश्न खडा हुनेगरि समाचार प्रकाशन गरिएको भन्दै आपत्ति जनाएका हुन्।

केही दिनअघि जगदम्बा स्टल ग्रुपका एक मालिक शुलभ अग्रवालले कालोबजारी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो। उक्त विषयलाई लिएर केही मिडियाले मारवाडी समूदाय र मारवाडी समूदायका संघसंस्थामाथि प्रश्नचिन्ह उठ्नेगरी समाचार प्रकाशन गरिएको संयोजक घिरैयाको आरोप छ।

उनले भने, ‘यसरी कुनै एक व्यक्तिलाई लिएर हाम्रो समूदाय र विभिन्न हाम्रो संस्थालाई बदनाम गर्ने काम राम्रो होईन। त्यस्ता गलत कार्य गर्नेलाई पनि कारबाही हुनुपर्छ। एकजना व्यक्तिको गलत मनसायलाई जोडेर हाम्रो समूदाय र संठगनलाई लज्जित बनाउने काम गर्ने मिडिलाई पनि कारबाही हुनुपर्छ।’

त्यस्ता मिडियाहरुलाई कारबाही गर्नका लागि केही प्रयास गर्नु भयो त ? भनेर सोधिएको प्रश्नको जवाफमा भने, ‘त्यसका लागि नेपाल राष्ट्रिय मारवाडी परिषदले पहल चालिसकेको छ। कुनै व्यक्तिले फट्याईं गर्न सक्छ। तर, त्यसैलाई लिएर सिंगो समूदाय र संस्थालाई बदनाम गर्नु त भएन। यस कुरामा आम जनता स्पष्ट हुनपर्छ। शुलभ जि हाम्रो समूदायको एक मान्छे हो। तर, हाम्रो कार्यसमितिको मान्छे होईन। कोही गलत मान्छे पनि हुन्छन्। तर, त्यस्ता व्यक्तिसँग जोडेर काम गरिरहेका व्यक्तिहरुलाई बदनाम गर्नेकाम राम्रो होइन।’

१९९० को भूकम्पदेखि आजका दिनसम्म देशलाई परेका हरेक असहजतामा साथ दिदै आएको मारवाडी समूदाय यतिखेर कोरोना भाइरसको महायुद्धमा सरकारलाई सहयोग गरिराखेको छ।

उनले भने, ‘लक डाउन सुरु भएको समयदेखि नै हामीले सरकारलाई सहयोग गर्न सुरु गरेका हौ। सडकमा रहेका सुरक्षार्की, पैदल यात्रालाई खानेपानी, खाजालगायत सामग्री उपलब्ध गरिराखेका छौं। हाम्रो मारवाडी युवा मञ्चले पाँचसय पीपीई थानप्रदान गरेको छ तथा शुक्रबार टेकु अस्पताललाई एकथान सेनिटाइजेशन बुथ प्रदान गरेको छ। आजै वीर अस्पताललाई पनि एकथान सेनिटाइजेशन बुथ हस्तारन्तरण गरिएको छ। त्यस्तै अन्य सरकारी  अस्पताललाई पनि प्रदान गर्ने योजना रहेको छ।’

ज्यालादारी, विपन्न वर्ग र सहजतामा परेका ६५ सय परिवारलाई मारवाडी सेवा समितिले राहत प्रदान गरेको संयोजक घिरैयाले जानकारी दिएका छन्। उनका अनुसार काठमाडौँ महानगरका ३२ वटैवडा कार्यालयसँग मिलेर १२ केजिका दरले खाद्य सामग्री वितरण गरिएको हो।