स्वास्थ्य मन्त्रालयद्वारा थप तीन जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि – Himalayan Dainik

स्वास्थ्य मन्त्रालयद्वारा थप तीन जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि


स्वास्थ्य मन्त्रालयद्वारा थप तीन जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि

काठमाडौं, ३० चैत – नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया स्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यस मध्ये तीन जनाको रिपोर्ट पोजेटिभ देखिएको जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणको रिपोर्ट पोजेटिभ देखिएकाहरुमा वर्ष ३७, ५५ र ४४ का पुरुषहरू रहेका छन् ।

कोभिड १९ को शंका लागि नारायणी अस्पताल, वीरगञ्जको आईसोलेशनमा राखि उनीरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परीक्षण गरिएको थियो ।

उक्त परीक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिवार पुन परीक्षण गरिएको र उक्त परीक्षणबाटसमेत नतिजा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारीक फेसबुकपेज मार्फत जानकारी दिएको ।

तीन जनाको नतिजा पोजिटिभ देखिएसँगै उनीहरुसँगको संसर्ग र उनीहरु गएको स्थानको पहिचान गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । थप भएको तीन जनासहित १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये एक जना निको भएर घर गइसकेका छन् ।