काठमाडौँ,३० चैत – नेकपाका बरिष्ठ नेता झलनाथ खनालले कोरोना भाइरस संक्रमण रोकथामका लागि उच्चस्तरीय संयन्त्रको औचित्य भएको बताएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारी काममै सघाउ पुर्याउन उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक रहेको बताउदैँ गर्दा प्रधानमन्त्री ओलीले त्यसको औचित्य नरहेको बताएलगत्तै बरिष्ठ नेता झलनाथ खनालले पनि त्यस्तो संयन्त्र आवश्यक नरहेको बताएका छन् ।
उनले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले अहिले राम्रै ढंगले काम गरिरहेकाले त्यसमा बरु सबैले सघाउन जरुरी रहेको बताएका थिए ।
कोरोना भाइरसको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री पर्याप्त नभएकाले त्यस्ता सामग्री खरिद सन्दर्भमा सरकार होसियार हुनुपर्ने उनले सुझाव पनि दिएका छन् ।
‘कुनै पनि कमसल सामग्री ल्याउने, सामानहरु ल्याउँदा कमिसनको खेलहरु हुने जस्ता कुराहरुमा सतर्क हुन जरुरी छ,’ खनालले थप्दै भने, ‘नेकपा कुनै पनि किसिमका अनियमितता भयो भने त्यो कुरा सहन हुन्न , यो कुरा सरकारमा बस्ने प्रधानमन्त्री लगायत सबैले बुझ्नुपर्ने हुन्छ’ ।