दाङ, २९ चैत – विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईसर (कोभिड–१९) का कारण मुलुकमा लकडाउन जारी रहेका बेला दाङमा मानिसहरुको चहल पहल बढेको छ ।
कोही मोटरसाइकलमा सामान बोकिरहेका छन् भने कोही मानिसहरु खुलमखुल्ला रुपमा पैदल हिँडिरहेका छन् । पसलहरुमा भीड लागेको छ । मानिसहरुको भीडले गर्दा लकडाउन अघिको बजारझैं देखिएको छ । प्रहरी साइरन बजाउँदै हिँडिरहेको छ ।
तर, लकडाउन प्रभावकारी बनाउन गरिएको निर्णयले नै बजारमा भीड गराएको छ ।लकडाउनलाई प्रभावकारी बनाउन दाङमा हप्तामा तीन दिन दैनिक उपभोग्य वस्तुको खरिद बिक्रिको लागि पसल खोल्ने निर्णयले बजारमा भीड लागेको हो । ’दाङमा साताको आइतबार, मंगलबार र शुक्रबार बिहान ६ बजे देखि ९ बजे सम्म मात्रै बजार खोल्ने निर्णय गरिएको थियो ।