६ दिनयता कोरोना संक्रमित देखिएनन – Himalayan Dainik

६ दिनयता कोरोना संक्रमित देखिएनन


६ दिनयता कोरोना संक्रमित देखिएनन

काठमाडौँ, २९ चैत । पछिल्लो ६ दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या स्थिर रहेको पाइएको छ ।

पछिल्लो दिनमा परीक्षण गर्ने क्रम बढाइँदासमेत कोरोना संक्रमितको संख्या नदेखिनुलाई सकारात्मक रुपमा लिइएको सरकारी अधिकारीहरुले बताएका छन् ।

गत २४ घण्टामा ६ सय ३० जनाको कोरोना परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।