कैलाली, २७ चैत – जिल्ला प्रशासन कार्यालय, कैलालीअगाडिकै सुनचाँदी पसलमा चोरी गर्ने बावुछोरा पक्राउ परेका छन् ।
बुधबार राति प्रशासनअगाडि रहेको प्रिया सुन चाँदी पसलमा चोरी गर्ने धनगढी उपमहानगरपालिका-१ का ४५ वर्षीय पप्पु गुप्ता र उनका २० वर्षीय छोरा पवन गुप्ता पक्राउ परेको हो । पसल सञ्चालक बिनोद कुमार बर्माले करिब १० लाख बढीको धनमाल चोरी भएको बताएको छ ।
पक्राउ पर्नेमा गुप्ताले आफ्नै घरमा लुकाएको अवस्थामा चोरीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।