कोरोनाविरुद्ध राहत कोषमा यती ग्रुपको एक करोड सहयोग – Himalayan Dainik

कोरोनाविरुद्ध राहत कोषमा यती ग्रुपको एक करोड सहयोग


कोरोनाविरुद्ध राहत कोषमा यती ग्रुपको एक करोड सहयोग

काठमाडौं, २७ चैत – सरकारले कोरोना भाइरसविरुद्ध लड्न स्थापना गरेको कोषमा यती समूहले १ करोड रुपैयाँ सहयोग गरेको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा यतीका लगानीकर्ताले सो रकम प्रदान गरेका हुन् ।

यती समूहका लगानीकर्ताहरूका तर्फबाट अध्यक्ष लाक्पा सोनाम शेर्पाले १ करोड रुपैयाँको चेक प्रदान गरे । समूहले नेपाली जनताको जीवन रक्षाका लागि चालिएको सरकारको यस कदमलाई साथ दिनु आफ्नो कर्तव्य ठान्दै रहयोग गरेको बताएको छ ।