काठमाडौं, २७ चैत – सन्राइज बैंकले सुदूरपश्चिम प्रदेशमा २५ थान पीपीई बाँडेको छ ।
बैंकको प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत सेती प्रादेशिक अस्पताललाई २५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण उपलब्ध गराएको हो ।
सहयोग सामग्री अस्पतालका सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेलाई सन्राइज बैंकका सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीलाई हस्तान्तरण गरे ।
बैंकले हालसम्म विभिन्न अस्पताललाई ४ सय वटा भन्दा बढी पीपीई उपलब्ध गराइसकेको छ ।