काठमाडौं, २७ चैत – कञ्चनपुर र कैलालीबाट संकलन गरिएको ६६ वटा नमुना परीक्षण गर्दा कोरोना भाइरस कोभिड–१९ संक्रमण रिपोर्ट नेगेटिभ आएको छ ।
धनगढी उपमहानगरपालिका–५ मा स्थानीयमा पनि संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका एक सय ९८ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा त्यसमध्ये ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए ।
उनकाअनुसार काठमाडौं उपत्यकाका क्वारेन्टाइन स्थलमा रहेकाहरुको पनि कोभिड–१९ को संक्रमण भए नभएको परीक्षण गर्ने तयारी भइरहेको छ ।