भक्तपुर, २७ चैत – विश्वलाई नै समस्या ग्रस्त बनाएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतित्थ्यतामा भएको छलफलमा भक्तपुरका तीन तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरुकोबीच भएको छलफलले भक्तपुरमा विपद् व्यवस्थापन बारे महत्वपूर्ण निर्णय गरेको छ ।
जिल्ला समन्वय समितिको आयोजनामा मंगलवार भएको छलफलले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि आगामी दिनमा भक्तपुरका स्थानीय तह तथा प्रशासनले खेल्नुपर्ने भूमिकाको विषयमा विशेष छलफल भएको छ ।
कोरोनाबाट आंतकित नभई संयम, सुरक्षित तथा सतर्क हुनुपर्नेमा जोड दिँदै जिल्लामा रहेका चारवटै नगरपालिकामा स्वास्थ्य सामाग्री, खाद्यान्न, व्यवस्थित राहत वितरण, दैनिक उपभोग्य सामाग्रीको व्यवस्थापन, बिस्केट जात्रा तथा अनुगमन टोलीको विषयमा छलफल भएको थियो ।
समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा भएको छलफलमा सांसद बस्नेत, बाग्मती प्रदेशका सांसद शसीजंग थापा, रजनी जोन्छे, प्रतिमा श्रेष्ठ, डा. राजेन्द्रमान श्रेष्ठ, कृष्णलाल भँडेल, स्वरस्वती बाटी, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, भक्तपुर प्रहरी प्रमुख (एसपी) सविन प्रधान, सूर्यविनायक गणका गणपति शिव पौडेल, सशस्त्र प्रहरी प्रमुख (एसपी) विश्व भट्टराई, भक्तपुर अस्पतालका सुपरटेन्ट सुमित्रा गौतम, जनस्वास्थ्य कार्यालयका प्रमुखलगायतका उपस्थिती रहेको थियो ।
उक्त बैठकले गरेका महत्वपूर्ण निर्णयहरु