कोभिड १९ बाट १५ लाख संक्रमित, ८८ हजारको मृत्यु – Himalayan Dainik

कोभिड १९ बाट १५ लाख संक्रमित, ८८ हजारको मृत्यु


कोभिड १९ बाट १५ लाख संक्रमित, ८८ हजारको मृत्यु

एजेन्सी, २७ चैत – कोभिड १९ बाट विश्वभर मृत्यु हुनेको संख्या ८८ हजार चार सय १४ पुगेको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १५ लाख १३ हजार तीन सय ५८ पुगेको छ । उपचारपछि तीन लाख एक हजार नौ जना निको भएका छन् ।

इटलीमा १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ र संक्रमितको संख्या एक लाख ३९ हजार चार सय २२ पुगेको छ । त्यस्तै स्पेनमा मृत्यु हुनेको सख्या १४ हजार सात सय ९२ पुगेको छ र संक्रमित संख्या एक लाख ४८ हजार दुई सय २० पुगेको छ । अमेरिकामा संक्रमित संख्या चार लाख ३० हजार तीन सय ७६ पुगेको छ भने मृत्यु हुनेको संख्या १४ हजार सात सय ३९ पुगेको छ ।

न्युयोर्कमा मात्र कोभिड १९ का कारण छ हजार दुई सय ६८ जनाको मृत्यु भएको छ । यहाँ एकै दिनमा आठ सय भन्दा धेरैको मृत्यु भएको छ ।

फ्रान्समा मृतक संख्या १० हजार आठ सय ६९ पुगेको छ र संक्रमित संख्या एक लाख १३ हजार नौ सय ६५ पुगेको छ । बेलायतमा सात हजार ९७ जनाको मृत्यु भएको छ र संक्रमित संख्या ६१ हजार चार सय ७४ पुगेको छ । बेलायतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ९ सय भन्दा बढी रहेको छ ।