लकडाउनमा भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय – Himalayan Dainik

लकडाउनमा भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय


लकडाउनमा भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय

काठमाडौं,२७ चैत  – लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृह मन्त्रालयले योजना बनाउँदैछ ।

सरकारले लकडाउनको समयमा उपत्यकाबाट बाहिर जाने यात्रुहरुका लागि निश्चित मापदण्डसहित जान दिने गृहकार्य भइरहेको हो । लकडाउनको समय बढेसँगै उपत्यकामा रहेका बिद्यार्थी र दैनिक ज्यालादार मजदुरको अवस्था निकै कमजोर बनेको निश्कर्षसहित सरकारले घर जान चाँहनेहरुका लागि स्थानीय तहसँग समन्वय गरी जान दिने निर्णयतर्फ समिति पुगेको हो ।