लुम्बिनी प्रादेशिक अस्पतालका पाँच डाक्टर बर्खास्त – Himalayan Dainik

लुम्बिनी प्रादेशिक अस्पतालका पाँच डाक्टर बर्खास्त


लुम्बिनी प्रादेशिक अस्पतालका पाँच डाक्टर बर्खास्त

बुटवल, २६ चैत – कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ ।

अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई सेवाबाट हटाइएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राजेन्द्र खनालका अनुसार अस्पताल प्रशासनलाई जानकारी नदिई ड्युटीमा हाजिर नभएको र सामाजिक विकास मन्त्री सुदर्शन बरालले तत्काल बर्खास्त गर्न निर्देशन दिनुभएको थियो । हटाइएका चिकित्सकहरु करारमा नियुक्त भएका थिए ।