एनएमबी बैंकद्वारा प्रदेश २ सरकारलाई एक सय थान पिपिई हस्तान्तरण – Himalayan Dainik

एनएमबी बैंकद्वारा प्रदेश २ सरकारलाई एक सय थान पिपिई हस्तान्तरण


एनएमबी बैंकद्वारा प्रदेश २ सरकारलाई एक सय थान पिपिई हस्तान्तरण

धनुषा, चैत २६ – जनकपुरस्थित एनएमबी बैंकले मुख्यमन्त्री लालबाबु राउतलाई १०० थान पिपिई प्रदान गरेको छ । कोरोना भाइरसको महामारीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले सो बैंकका निक्षेप प्रबन्धक मिथिलेशकुमार झासहितको टोलीले आज मुख्यमन्त्री राउतलाई उहाँकै निवासमा सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, चिकित्सकीय सल्लाहकार समूहका डा रामकेवल साहलगायतको उपस्थिति थियो । एनएमबी बैंकले उपलब्ध गराएका सामग्रीमा १०० थान गुणस्तरीय पिपिई, मास्क र जुत्तासहितको सेटका साथै सेनिटाइजरसमेत रहेको छ ।