विश्वमा ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुग्यो, १४ लाख ३१ हजारबढी संक्रमित – Himalayan Dainik

विश्वमा ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुग्यो, १४ लाख ३१ हजारबढी संक्रमित


विश्वमा ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुग्यो, १४ लाख ३१ हजारबढी संक्रमित

२६ चैत्र २०७६
एजेन्सी,

चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारी अहिले विश्वका २०९ देशमा पुगेको छ ।साथै
कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुगेको छ ।

यो भाइरसको संक्रमण १४ लाख ३१ हजार ५३३ मा फैलिएको छ । संक्रमण फैलिएका मध्ये ३ लाख २ हजार १४० जना स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् ।

बितेको २४ घण्टामा विश्वमा ८४ हजार ९४ जनामा कोरोनाको नयाँ संक्रमण देखिएको छ । त्यस्तै ७ हजार ३४१ जना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ ।

अहिले १० लाख ४६ हजार ३०७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ४७ हजार ९१२ जनाको अवस्था गम्भीर छ ।

वितेको २४ घण्टामा महामारी फैलिएको चीनमा नयाँ संक्रमण र मृत्यु देखिएको छैन । चीनमा अहिलेसम्म ३ हजार ३३१ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ७४० जना संक्रमित छन् ।

जसमध्ये ७७ हजार १६७ जना उपचारपछि घर फर्किएका छन् । अहिले १ हजार २४२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । २११ जनाको अवस्था गम्भीर छ ।

यो २४ घण्टामा सबैभन्दा बढी संक्रमण र मृत्यु अमेरिकामा देखिएको छ । अमेरिकामा १ हजार ९४२ जनाको मृत्यु बितेको २४ घण्टामा हुँदा ज्यान जानेको संख्या १२ हजार ८१३ पुगेको छ ।

त्यस्तै २४ घण्टाको अवधिमा ३२ हजार ९३३ जनामा नयाँ संक्रमण देखिएको छ । अहिले अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ९९ हजार ९३७ पुगेको छ ।

त्यस्तै दोस्रो धेरै संक्रमित भएको स्पेनमा १ लाख ४१ हजार ९४२ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार २६७ जनामा संक्रमण देखिएको छ । ७०४ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा ज्यान गुमाउनेको संख्या १४ हजार ४५ पुगेको छ ।

सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार १२७ पुगेको छ।यो २४ घण्टामा इटालीका ६०४ कोरोना संक्रमितको मृत्इु भएको छ । इटालीमा १ लाख ३५ हजार ५८६ जनामा कोरोना संक्रमण छ ।

त्यस्तै फ्रान्समा बितको २४ घण्टामा १ हजार ४१७ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ३२८ पुगेको छ । अहिलेसम्म फ्रान्समा १ लाख ९ हजार ६९ जना संक्रमित छन् ।