अभिनेता तथा समाजसेवी खतिवडाको संयोजकत्वमा राहात वितरण – Himalayan Dainik

अभिनेता तथा समाजसेवी खतिवडाको संयोजकत्वमा राहात वितरण


अभिनेता तथा समाजसेवी खतिवडाको संयोजकत्वमा राहात वितरण

काठमाडौँ, २५ चैत – विगत लामो समयदेखि कला क्षेत्रमा सक्रिय अभिनेता तथा समाजसेवी संजय खतिवडाको संयोजकत्वमा नेपाली कला क्षेत्रमा काम गर्दै आउनु भएका कलाकार तथा प्राविधिहरुलाई राहात वितरण गर्नुभएको छ ।

कोरोना भाइरस (कोभिड १९ ) ले विश्व आतन्कित भैरहेको समयमा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । कोरोना संक्रमणका कारण सरकाले गरेको लकडाउनमा नेपाली कलाक्षेत्रमा काम गर्दै आउनुभएका कलाकार तथा प्राविधिहरुको समस्यामा पर्नुभएको छ ।

यो कोरोना महामारीले निम्त्याएको मानवीय संकटबाट सुरक्षित रहन देशमा भैरहेको लकडाउनको समस्याबाट सर्वसाधारणको दैनिकीमा परेको असरका कारण साँझ बिहान छाक टार्नै समस्यालाइ मध्यनजर गर्दै यो विषम परिस्थितीमा संकटमा रहेका देशको कला क्षेत्रमा योगदान गर्नै कलाकार तथा प्रावीधि र उनीहरुको परिवार ४५ परिवारका १६० जनालाई केही समय सहज हुनेगरी उनीहरु बसेकै ठाउँमा ललितपुरको बालकुमारीमा गएर कलाकार संजय खतिवडा आबद्ध लायन्स क्लब अफ काठमाडौँ न्युवेभको तर्फबाट ८५ हजार बराबरको दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गर्नुभयो ।

देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको हुँदा यस संक्रमणलाई रोक्नको लागि सरकारले लकडाउनको समयअवधि बढाएको अवस्थामा विपत्र परिवार, दैनिकी मजुर गरेर जिवीको पार्जन गर्रेहरुको समस्या बढदै गइरहको छ ।

यसै शिलसिलामा अभिनेता संजय खतिवडा आवद्ध क्लबले आज पशुपति क्षेत्रमा समस्यामा परेको ३०० परिवारलाई र कालोपुलमा २ घर परिवारलाई दैनिक उपभोग्य समाग्रीहरु हस्तान्तरण गर्नुभएको छ । राहत लिने व्यक्तिहरुको भावनाको सम्मान गर्दै राहात विरण स्थलको तस्विर पोष्ट नगर्रे बताउनु भयो ।