भक्तपुरको पाथीभरा मन्दिरमा पाँच दिने अनुष्ठान सम्पन्न – Himalayan Dainik

भक्तपुरको पाथीभरा मन्दिरमा पाँच दिने अनुष्ठान सम्पन्न


भक्तपुरको पाथीभरा मन्दिरमा पाँच दिने अनुष्ठान सम्पन्न

भक्तपुर, २५  चैत – भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ ( गुण्डु) स्थित पाथीभरा वैष्णोदेवी मन्दिरको सानिध्यतामा र द्वारकाधिश भगवानको प्राङ्गणमा नेपाल राष्ट्र तथा विश्व शान्तिको कामना गर्दै पाँच दिने अनुष्ठान सम्पन्न भएको छ ।

चैत १७ गतेदेखि शुरू भएको अनुष्ठानमा २२ गतेसम्म पाठ गरिएको र २३ गते दशाम्श हवन गरिएको थियो । प्रत्येक दिन साँझ ७ बजेदेखि ९ बजेसम्म पाठ गर्ने गरिएको १०८ भागवत वाचक एवं प्रमुख संरक्षक अरबिन्द शास्त्रीले जानकारी दिनुभयो ।

उक्त पाठमा विष्णुसह्रानाम, भद्रसुक्त, सङ्कट मोचन स्त्रोत्र, बेदनका ऋचा, श्रीसुक्त भद्रसुक्त, देवीको आराधना स्तोत्र, सङ्कटस्त स्त्रोत , पाँच दिनसम्म पाठ गरी छैठो दिन प्रायचित्तको दशाङ्श हबन भएको थियो । अनुष्ठानमा सातजना गुरुहरु प. चक्रपाणी, कमललनयन , अभिनास, लोमस, गणेश ,बुध्दी, अरबिन्द लगायत गुरुहरु बाट पाठ गर्नुभएको थियो ।

अनुष्ठान कार्यमा पाथीभरा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बस्नेत, गौ संरक्षण केन्द्रका केन्द्रीय सहकोषाध्यक्ष गणेश अधिकारी, गौ संरक्षण केन्द्र भक्तपुरका प्रतिनिधि, पाथीभरा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष शरद बस्नेत र स्वयम सेवक सुमन बस्नेतले आवश्यक समन्वय गर्नुभएको पाथीभरा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।