काठमाडौँ, २४ चैत – नायिका पूजा शर्माले प्राविधिकहरुलाई २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने बताएकी छिन् ।
सामाजिक संजालमा स्टाटस लेख्दै उनले यो परिस्थितीमा एकले अर्काको सहयोग गर्न आवश्यक रहेको बताइन् । नायिका शर्माले खाद्यान्न किनेर प्राविधिक संघको मार्फत समस्यामा परेका प्राविधिकहरुलाई सहयोग गर्नेछिन् ।
उनले कोरोना संक्रमणबाट बच्नका लागि घरमै रहन सबैलाई आग्रह पनि गरेकी छिन् ।