सूर्यविनायकका मेयर उपमेयर बने नमुना घरबेटी, चैत महिनाको घरभाडा नलिने – Himalayan Dainik

सूर्यविनायकका मेयर उपमेयर बने नमुना घरबेटी, चैत महिनाको घरभाडा नलिने


सूर्यविनायकका मेयर उपमेयर बने नमुना घरबेटी, चैत महिनाको घरभाडा नलिने

भक्तपुर, २४ चैत –  सूर्यविनायक नगरपालिकाका मेयर र उपमेयरले कोरोना सन्त्रासले सर्वसाधरणलाई परेको अप्ठेरो भइरहँदा आ-आफ्नो घरमा बहालमा बस्नेलाई घरभाडा नलिने घोषणा गरेका छन् ।

बिश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभाब कम गर्नका लागि नेपाल सरकारले लागु गरेको देशब्यापी लकडाउनका कारण कोठा भाडामा लिएर बस्ने बर्गलाई असर परेकोले नलिने जनाएका छन् । नगर प्रमुख बासुदेव थापा र उपप्रमुख जुना बस्नेतले यस्तो घोषणा गरेका हुन् ।

सूर्यविनायक नगर प्रमुख थापाले काठमाडौं महानगरपालिका ३१ स्थित आफ्नो ब्यक्तिगत घरमा भाडा लिएर बस्नेहरु सबैसंग भाडा नलिने बताउनुभएको छ । उहाँले आफ्नो घरको ६ फल्याट भाडामा लगाउनुभएको छ । जसमा ६ परिवार छन् ।

“उनीहरु सबैसंग चैत्र महिनाको घरभाडा नलिने निर्णय गरेको हुँ” थापाले भन्नुभयो । घर बहालमा बस्नेहरुको घरभाडा नलिनु भन्ने नेपाल सरकारको सुझावलाई समर्थन गर्दै आफूले यस्तो घोषणा गरेको थापाले बताउनुभयो ।

त्यस्तै उपमेयर जुना बस्नेतले सुर्यबिनायक नगरपालिका वडा न २ मा रहेको घरमा २ फ्ल्याटको चैत्र महिनाको घर भाडा नलिने निर्णय गनु भएको सार्वजनिक गर्नुभएको छ ।