न्युयोर्क,२३ चैत – न्युयोर्कमा शनिबार एकैदिनमा ४ जनाको मृत्युको खबरले नेपाली समाज स्तब्ध भएको छ । शनिबारमात्र न्युयोर्कमा सोलुखुम्बुका ङिमा तेम्बा शेर्पा र काठमाडौंका अजयमान छोंचूको निधन भएको थियो भने मुस्ताङका थोक्मे बिष्ट र सोनाम लामा गुरुङको निधनको खबर आएको थियो । छोंचू र शेर्पाको निधन शनिबार दिउसो भएको तथा बिष्ट र लामाको निधन शुक्रबार भएको हो ।
सोलुखुम्बु जिल्ला कुरिमाका शेर्पा अमेरिकाको न्युयोर्क बस्दै आएका थिए ।४० बर्षजतिका शेर्पा कलाकार समेत हुन् भने न्युयोर्कमा उबर चलाउँदै आएका थिए । उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको बताइएपनि थप विवरण प्राप्त भएको छैन ।
हिजै नेवा नख न्युयोर्कका सल्लाहकार न्युयोर्क निवासी अजयमान छोंचुँको उपचारका क्रममा निधन भएको हो । छोंचुँको एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
केहीदिन अगाडि अर्जेन्ट केयरमा गएर चेकजाँच गर्दा ब्याक्टेरियल निमोनिया देखिएपछि उनलाई एल्महस्र्ट अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । हिजो दिउसो ४ बजेतिर अस्पतालमा नै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
खसोखास