काठमाडौँ, २२ चैत – प्रधानमन्त्री केपी शर्माओलीले चिनियाँ सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसमा त्यहाँको सरकार र जनताप्रति ऐक्यवद्धता प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाल सरकार, नेपाली जनता र आफ्नो तर्फबाट चिनियाँ सरकार र जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको हो ।
चीन सरकारले आज कोभिड–१९ (कोरोना) महामारी विरुद्ध लड्ने र जीवन उत्सर्ग गर्नेहरुको स्मृतिमा राष्ट्रिय शोक दिवस मनाउँदैछ । राष्ट्रिय शोक दिवसको दिन त्यहाँ आज सरकारी कार्यालयहरुमा आधा झण्डा झुकाइँदैछ ।