सूर्यविनायक नगरपालिकाद्वारा विपन्न परिवारलाई राहत वितरण शुरु – Himalayan Dainik

सूर्यविनायक नगरपालिकाद्वारा विपन्न परिवारलाई राहत वितरण शुरु


सूर्यविनायक नगरपालिकाद्वारा विपन्न परिवारलाई राहत वितरण शुरु

भक्तपुर, २१ चैत – विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण देशमा लकडाउन भइरहेको समयमा सूर्यविनायक नगरपालिकाले विपन्न परिवारलाई राहत वितरण शुरु गरेको छ ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्ति वा परिवारलाई दैनिक गुजार चलाउन समेत समस्या भएकाले आफ्नो नगरपालिका भित्रका कोही नागरिक भोकै हुन नदिने लक्ष्यका साथ आज नगरपालिकाको वडा नं. १ सिरुटारबाट बाग्मती प्रदेशका सांसद शसी जंग थापाको प्रमुख आतित्थ्यमा राहत वितरण शुरु गरिएको छ ।

भिडभाडका कारण कोरोना भाइरस सर्ने अत्याधीक सम्भावना रहेका कारण सरकारले भिडभाडलाई नियन्त्रण गर्न लकडाउनको घोषणा गरेसँगै सरकारको घोषणालाई विशेष ध्यानमा राखी भिडभाडमुक्त रुपमा राहत वितरण गरिएको छ । उक्त स्थानका चार सय एक घर परिवालाई आज राहत वितरण गरिएको छ ।

आर्ट अफ लिभिडको सहयोगमा उक्त स्थानका एक सय ५१ दुई वा दुई भन्दा कम संख्या भएको परिवार र दुई सय ५० दुईभन्दा बढी संख्या भएको परिवारलाई फरक फरक दुई प्रकारको राहतको प्याकेज बनाई वितरण गरेको छ । जसमा वितरण गरेको राहतमा चामल, दाल, चिउरा, तेल, नुन, चाउचाउ तथा सावुन रहेका छन् । नगरपालिकाको उक्त राहतमा रिद्धिसिद्धि सहकारी, सिरुटार सहकारी तथा स्थानीयबाट समेत ५० बोरा चामल सहयोग प्राप्त भएको थियो । उक्त सहयोगबाट नै परिवारको संख्याको आधारमा थप गरि वितरण गरिएको थियो ।

नगरपालिकाले आफ्नो वडा गत रुपमा विपन्न परिवारको लगत संकलन गरी विवरण संकलन गरेको थियो । सोही लगतलाई आधार मानि उक्त वडामा १२ वटा क्लास्टरमा विभाजन गरी व्यवस्थित र प्रभावकारी ढंगले राहत वितरण गरिएको छ ।

नगरपालिकाले राहत वितरणलाई व्यवस्थित र प्रभावरकारी बनाउन एकद्वारा नीति समेत लिएको छ । जसबाट कोही भोकै नहुन, कोही नदोहोरिने व्यवस्था समेत गरेको छ । वितरण गरिएको व्यक्ति वा परिवारको विवरण समेत व्यवस्थित गरिएकाले नगरपालिका भित्र कुनै संस्थाले राहत वितरण गरेमा पनि नगरपालिका तथा प्रशासनको समन्वयमा वितरण गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै नगरपालिकाले अन्य वडाहरुमा गरिव तथा विपन्न राहत कार्डको अभिलेख गर्ने कार्य भइरहेकाले उक्त अभिलेखिकरण पश्चात तत्काल वितरण गर्ने नगरपालिकाले जनाएको छ ।