नेपालमा कोरोना संक्रमित ६ जना पुगे – Himalayan Dainik

नेपालमा कोरोना संक्रमित ६ जना पुगे


नेपालमा कोरोना संक्रमित ६ जना पुगे

काठमाडौं, २० चैत –  नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ६ जना पुगेको छ । कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएका यात्रुलाई बिहिबार कोरोना संक्रमण भएको पुष्टि भए सँगै संक्रमितको संख्या ६ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित हुनेको संख्या ६ पुगेको जानकारी दिएका हुन् ।

डा. विकास देवकोटाका अनुसार गत चैत ४ मा कतारको दोहाबाट काठमाडौं आएको क्युआर ६५२ नम्बरको उडानका अर्का यात्रुमा कोरोना संक्रमण देखिएको हो ।

योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको छ । यसअघि फ्रान्सबाट दोहाहुदै काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियमबाट सोही मार्गबाट काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो ।