काठमाडौं, २० चैत – नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह कोरोनाको संक्रमणका कारण घरमा नै लकडाउनको पालना गरिरहेका आम नागरिकका समस्या बुझ्नका लागि काठमाडौंका टोल टोलमा पुगेका छन् ।
नेता सिंहले काठमाडौंका भोटाहिटी, डिल्लीबजार, बानेश्वर हाइट क्षेत्रमा पुगेर त्यहाँका स्थानीयहरुको समस्याका बारेमा जानकारी लिएका थिए । कोरोनाको संक्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम गर्दै नेता सिंहले ती क्षेत्रका नागरिहरुलाई कोरोनाको संक्रमणबाट बच्ने उपायका बारेमा जानकारी गराएका थिए ।
नेता सिंहले लकडाउन र कोरोनाका संक्रमणका कारण केही समस्या भएमा आफूलाई फोनबाट जानकारी गराउन पनि आग्रह गरेका थिए । यसैगरी नेता सिंहले सो क्षेत्रका विपन्न परिवार तथा सुकुम्बासी परिवारलाई राहत समेत वितरण गरेको उनको निजी सचिवालयले जनाएको छ ।