बागमती प्रदेशद्धारा नगरलाई १२ लाख र गाउँपालिकालाई १० लाख दिने निर्णय – Himalayan Dainik

बागमती प्रदेशद्धारा नगरलाई १२ लाख र गाउँपालिकालाई १० लाख दिने निर्णय


बागमती प्रदेशद्धारा नगरलाई १२ लाख र गाउँपालिकालाई १० लाख दिने निर्णय

धादिङ, २० चैत –   बागमती प्रदेश सरकारले कोरोना भाईरस सङ्क्रमण, नियन्त्रण तथा उपचारका लागि नगरलाई १२ लाख र गाउँपालिकालाई १० लाख दिने निर्णय गरेको छ ।

प्रदेशको मन्त्री परिषदको बैठकले कोरोना भाईरस सङ्क्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यविधि २०७६ स्वीकृत गर्दै महानगरलाई २० लाख, उपमहानगरलाई १५ लाख, गरपालिकालाई १२ लाख र गाउँपालिकालाई १० लाख रुपैयाँ, जिल्ला समन्वय समितिलाई ५ लाख दिने निर्णय गरेको हो ।

उक्त रकम कोरोना सङ्क्रमण रोकथाम एवम् उपचार, विपन्न परिवारलाई राहतका लागि खर्च गर्नु पर्ने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल बताए ।