संकटमा देश सम्झेर आएकाहरू प्रति सरकार निर्दयी बन्न मिल्दैन : कांग्रेस नेता पौडेल – Himalayan Dainik

संकटमा देश सम्झेर आएकाहरू प्रति सरकार निर्दयी बन्न मिल्दैन : कांग्रेस नेता पौडेल


संकटमा देश सम्झेर आएकाहरू प्रति सरकार निर्दयी बन्न मिल्दैन : कांग्रेस नेता पौडेल

काठमाडौं ,१९ चैत – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संकटमा देश सम्झेर आएकाहरू प्रति सरकार निर्दयी बन्न नपाईंने स्मरण गराएका छन् ।

उनले बुधबार बिहान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ट्विटरमार्फत संकटमा देश सम्झेर आएकाहरू प्रति सहयोगी हुनुपर्नेमा तिरस्कार गरेर राज्य निर्दयी बन्न नमिल्ने स्मरण गराएका हुन् । नागरिकलाई प्रवेशमा रोक लगाएर नागरिक हक खोस्न नपाइने पनि उनले मन्त्री ज्ञवालीको ध्यानाकर्षण गराएका छन् ।

“धार्चुलातिरबाट नेपाल प्रवेश गर्न खोज्नेहरू नेपाली हुन् । उनीहरूको प्रवेशपछि संक्रमण फैलन नदिनका लागि सचेत हुन आवश्यक छ । तर नागरिकलाई प्रवेशमा रोक लगाएर नागरिक हक खोस्न पाइँदैन । संकटमा देश सम्झेर आएकाहरूप्रति सहयोगी हुनुपर्नेमा तिरस्कार गरेर राज्य निर्दयी बन्न मिल्दैन,” नेता पौडेलले मन्त्री ज्ञवालीलाई ‘मेन्सन गर्दै लेखेका छन् ।