काठमाडौँ, १९ चैत – सत्तारुढ दल नेपला कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यर्थाी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले मुलुकमा परेको संकटको समयमा मानवीय संबेदना ख्याल नगरि बिरामि नलिने, उपचार सेवा नदिने निजि अस्पतालको या त लाईसेन्स खारेज गरिनु पर्छ, या त मानबिय अपराधको मुद्धामा पक्राउ गरि कानुनी उपचार गरिनुपर्ने माग गर्नुभएको छ ।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोघिड–१९) नेपालमा समेत गम्भीर अवस्था सिर्जना हुन सक्ने र त्यसमा अग्र पंतिमा रही समस्याको समाधान गर्नुपर्ने स्वास्थ्य क्षेत्र अन्तरगत नीजि अस्पतालहरुले विरामी नलिने तथा उपचार गर्न नमान्ने अस्पताललाई तत्काल कारवाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘निजि अस्पतालहरुले उपचारका लागि आएका बिरामीहरुको उपचार गर्न मानेनन भन्ने यत्र तत्र समाचार प्रति सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।
बिश्व मानव समुदायलाई नै समस्यामा पार्ने कोरोना भाईरसको महामारीले देश आक्रान्त भएको यो घडीमा देश,जनता र समाज प्रति उत्तरदायी र जिम्मेवार बन्न निजि अस्पतालका संञ्चालकहरुलाई आग्रह गर्दछु । अस्पतालहरुले स्वास्थ्य सेवा प्रबाह गर्ने हो, तर संकटको बेला मानबियता र सामाजिक दायित्व पनि पुरा गर्नु पर्छ । बिसुद्ध पैसा कमाउने ब्यापारीक प्रयोजनले मात्र सञ्चालित हुनु हुदैन ।
मदर टेरेसाको महामानबिय आदर्शमा हिडेको स्वास्थ्य सेवा,
बिरामिको उपचारमा अहोरात्र खटेर मानिसलाई जिवन दिएर आफु संक्रमित भै जिवन त्याग्न पनि तयार आजका बिश्वका उदाहरणीय डाक्टरहरुबाट हाम्रा ब्यापारी – माफियाहरुले केही सिके हुने ।
यदि निजि अस्पतालका सञ्चालकहरुलाई नै कोरोना भाईरस संक्रमण भएको अवस्थामा कोही डाक्टरले उपचार गर्न मानेनन भने एक पटक सोच्नुस त तपाईलाई कस्तो होला ??
यसर्थ मानविय कर्तब्य पुरा गरौ । नेपाल सरकारलाई पुन आग्रह गर्न चाहन्छु मानबिय संबेदना ख्याल नगरि बिरामि नलिने, उपचार सेवा नदिने निजि अस्पतालको या त लाईसेन्स खारेज गरिनु पर्छ, या त मानबिय अपराधको मुद्धामा पक्राउ गरि कानुनी उपचार गरिनु पर्छ ।
राज्यको आखाबाट हरेक नागरिकको जिवनको मुल्य एउटै हुनुपर्छ । हरेक नागरिकले अकालमा मृत्युबरण गर्न नदिन सरकारले हरसम्भव प्रयास गरिनु पर्दछ ।
निजि अस्पतालहरुले बिरामि लिन नमानेको समाचार बारम्बार आईरहदा पनि सरकारको तर्फबाट एक्सन लिनुको सट्टा मृदुभाषी अनुरोध दोहोराईरहनु दुखद छ । सरकार जनताको आवाज, जनताको पिडाको सारथि त बनौ !!!’