विदेशमा रहेका नेपालीबारे सरकारको नीति : जुन देशमा हुनुहुन्छ, त्यहीँ सुरक्षित रहनुहोस् – Himalayan Dainik

विदेशमा रहेका नेपालीबारे सरकारको नीति : जुन देशमा हुनुहुन्छ, त्यहीँ सुरक्षित रहनुहोस्


विदेशमा रहेका नेपालीबारे सरकारको नीति : जुन देशमा हुनुहुन्छ, त्यहीँ सुरक्षित रहनुहोस्

काठमाडौँ, १९ चैत – सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश नल्याउने भएको छ । अन्य मुलुकले आफ्ना नागरिक धमाधम लगिरहेका वेला नेपालले भने आफ्ना नागरिक जुन देशमा छन्, त्यहीँ सुरक्षित रहन भनेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा रहेका नेपालीले सम्बन्धित देशको स्वास्थ्य प्रोटोकलअनुसार बस्नुपर्ने बताए । नेपालीलाई स्वदेश ल्याउने वा उद्धार गर्ने कार्य तत्काल सम्भव नभएको उनले स्पष्ट पारे ।

‘अहिले यात्रा कहीँ पनि सुरक्षित हुँदैन, संक्रमित सबै मुलुकले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेका छन् । बरु अहिलेको महामारीको अवस्थामा नेपालीहरू जो जुन देशमा हुनुहुन्छ, उहाँहरू त्यही ठाउँमै सुरक्षित बस्ने विधि नै उत्तम भएकाले त्यही नीति अख्तियार गरेका छौँ,’ मन्त्री ज्ञवालीले भने । कूटनीतिक नियोगहरूमार्फत सम्बन्धित देशलाई नेपालीलाई सुरक्षित रहने वातावरण निर्माण गर्न अनुरोध गरिएको ज्ञवालीले बताए ।

‘सम्बन्धित देशलाई आफ्ना नागरिकसरह व्यवहार गर्न, औषधोपचारको व्यवस्था गर्न, रोजगारीबाट ननिकालिने अवस्थाको सुनिश्चितता गर्न, भिसा, करार अवधि सकिएका, ओभर स्टे रहेकाहरूको हकमा महामारी अवधिसम्म छुट दिने, म्याद थप्नेजस्ता आवश्यक प्रबन्ध गर्न नियोगमार्फत समन्वय गरिरहेका छौँ,’ उनले भने । नेपाली रहेका देशस्थित दूतावासमार्फत नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको मन्त्री ज्ञवालीले बताए । ‘पछिल्लोपटक नियोग प्रमुखहरूसँग हामीले भिडियो कन्फरेन्समार्फत पनि छलफल गरेका छौँ । उहाँहरूले दैनिक रिपोर्ट पनि पठाउनुहुन्छ । दूतावासमा २४सै घन्टा हटलाइन खुला राखेर नेपालीको समस्याबारे जानकारी लिन निर्देशित गरेका छौँ,’ उनले भने ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईका अनुसार नेपाल र भारतको कूटनीतिक च्यानलमा भएको छलफलमा नेपालीलाई भारतले नै व्यवस्थापन गर्ने र नेपालमा रहेका भारतीयलाई नेपालले व्यवस्थापन गर्ने सहमति भएको छ । उनले भने, नेपाल र भारत दुवैले पूर्ण लकडाउनको घोषणा गरकाले े त्यसको पालना दुवैले गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट जोड छ । कोरोनाको जोखिम नियन्त्रणका लागि यसको पालना हुनुपर्छ भन्नेमा भारत पनि सहमत छ । अब हामीले भारतीय नागरिक पठाउँदैनौँ, भारतले पनि हाम्रा नागरिक पठाउँदैन ।’

नेपालले भारतमा रहेका नेपालीको सुरक्षा र खानपान व्यवस्थापनका लागि भारतसँग चासो व्यक्त गरको े छ । कूटनीतिक च्यानलमा भएको छलफलमा भारतले कोही नेपाली असुरक्षित नरहेको र उनीहरूलाई खानपिन र बसोवासको समस्या नहुनेमा नेपाल सरकारलाई आश्वस्त तुल्याएको छ । ‘हामीले सम्बन्धित कूटनीतिक च्यानलमा चासो व्यक्त गरका छौँ । अब भारतबाट कोही पनि नेपाली नागरिक लकडाउनसम्म नेपाल आउने छैन र नेपालबाट कोही भारतीय नागरिक भारत जाने छैनन्,’ भट्टराईले भने ।

विश्व स्वास्थ्य संगठनको स्वास्थ्य प्रोटोकलअनुसार यो व्यवस्था भएको उनको भनाइ छ । दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरत रेग्मीका अनुसार करिब २५ सय नेपालीले स्वदेश फर्कन माग गर्दै दूतावासमा सम्पर्क गरेक छन् । तर, उनीहरूलाई तत्काल बसिरहेकै ठाउँमा धैर्यपूर्वक बस्न आग्रह गरिएको छ । रग्मीले े टेलिफोनमा नयाँ पत्रिकासँग भने, लकडाउनको समय लम्बिँदै जाँदा घर फर्किने, परिवारसँग बस्ने चाहना उहाँहरूको छ । तर, बेहाल भयो भन्ने खालको गुनासो आएको छैन । हामीले धैर्य गर्नुस् भनेका छौँ र भारतका सम्बन्धित स्थानीय अधिकारीसँग पनि नेपालीलाई परको मर्का सम्बोधन गरिदिन भनेका छौँ ।’

दिल्लीस्थित प्रवासी नेपालीका नेता आरबी खड्काले भने करिब १० हजार नेपालीले समस्या भएको भन्दै स्वदेश फर्कन सहजीकरणका लागि सम्पर्क गर्न थालेको बताए । प्रवासी नेपालीसम्बद्ध संघसंस्थामा दक्षिण, पूर्वोत्तरसहितका नेपालीले स्वदेश फर्कन सहजीकरणका लागि माग गरका छन् । उनीहरूले मजदुरी गुमेको, खानबस्न पनि समस्या रहेको गुनासो गरका छन् । भारतका स्थानीय सरकारले दिएको खाना लिन पनि जान नसकिएको नेपालीको गुनासो छ । कहाँ–कहाँ नेपालीको उद्धार ?

दिल्ली–हरियाणा सिमाना फरिदाबादबाट नेपाल–भारत सिमाना गौरीफन्टा हिँडेका ९२ जना नेपालीको समूहलाई उत्तरप्रदेश सरकारका जलशक्तिमन्त्री बलदेव ओलखको सहायतामा बस्ने–खाने प्रबन्ध भएको छ । दिल्लीस्थित अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाका अनुसार त्यही समूहमा रहेकी नौ महिने गर्भवती महिलालाई नजिकको सुविधायुक्त अस्पतालमा जाने व्यवस्था पनि भएको छ । भारतको केन्द्रशासित लद्दाखमा सडक खन्न गएका तीन सय १२ जना नेपाली टेन्टमा उतै बसेका छन् । उनीहरूलाई स्थानीय प्रशासनको समन्वयमा खानपिनका लागि आवश्यक सहयोग गर्न भनिएको रानाले बताए । उत्तराखण्डको पौडी गढवालमा सडक खन्न गएका ४० जना नेपाली मजदुर पनि सुरक्षित रहेका छन् । यसैगरी भारतको सुरतमा सातजना नेपाली बसमा काम गर्दै आएको ठाउँमा सुरक्षित छन् ।