चितवन,१९ चैत – भरतपुर कोरोना विशेष अस्पतालबाट पठाइएको ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना संक्रमण नमुना परीक्षण पठाइएकामध्ये ७ जना नवलपुरका बिरामी छन् भने ४ जना चितवनका छन् । चितवनबाट मंगलबार थप २ जनाको स्वाव परीक्षणको लागि काठमाडौं पठाइएको छ ।
उक्त अस्पतालबाट ३८ जनाको स्वाब परीक्षणको लागि पठाइएको मध्ये ३६ जनाको रिपोर्ट नेगेटिभ आएको हो । २ जनाको आउन बाँकी छ ।