सेना-प्रहरीद्वारा भक्तपुरमा १७ तले भवनमा खाद्यान्न भण्डार तयार : सांसद बस्नेतद्वारा अबलोकन – Himalayan Dainik

सेना-प्रहरीद्वारा भक्तपुरमा १७ तले भवनमा खाद्यान्न भण्डार तयार : सांसद बस्नेतद्वारा अबलोकन


सेना-प्रहरीद्वारा भक्तपुरमा १७ तले भवनमा खाद्यान्न भण्डार तयार : सांसद बस्नेतद्वारा अबलोकन
भक्तपुर, १७ चैत –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतद्वारा नेपाली सेना र नेपाल प्रहरीले भक्तपुरको राधेराधेमा तयार पारेको १७ तले भवनको अवलोकन गर्नुभएको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण रोक्न नेतपाल सरकारले गरेको लकडाउन लम्बिदै गए भक्तपुर जिल्लामा खाधान्न अभाव हुन नदिन मध्यपुर थिमी राधेराधे स्थित १७ तले खालि भवनमा नेपाली सेनाको नेतृत्वमा अत्यावश्यक खाधान्नहरु भण्डारण गर्न तयार पारेको ठाउँको सांसद बस्नेतले स्थलगत निरीक्षण गर्नुभएको हो ।

कोभिड–१९ को विश्व महामारीको चपेटामा परिरहेको अबस्थामा नेपालमा पनि संक्रमण फैलिन थालेपछि सरकारले आगामी २५ गतेसम्मका लागि थप गरेकोे लकडाउनका अबधी लम्बिदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन यहाँ खाद्य सामाग्री भण्डारण गर्ने भएको हो ।उक्तभवनमा नेपाली सेनाको नेतृत्वमा अत्यावश्यक खाद्यान्नहरु भण्डारण गर्ने र अभाव भएमा जिल्लाका चारैवटा नगरपालिकामा वितरण गर्नेगरि खाद्य भण्डारण गर्ने भएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, बीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेल, प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, शसस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराई सहित संयुक्त सुरक्षा फौजको टोलीले उक्त भवनको अनुगमन गरि खाद्य भण्डारका लागि छनौट गरेको हो ।

भवन छनौट पश्चात दुर्गाप्रसाद न्यौपानेको राधेराधेस्थित प्रयोगबिहिन १७ तले भवन हालको संकटको समयमा प्रयोग गर्न माग गर्दा न्यौपानेले विपदमा निःशुल्क प्रयोग गर्नेगरि सुरक्षा फौजलाई उपलब्ध गर्न स्वीकृत दिनुभएको हो । ततपश्चात जिल्ला प्रशासन कार्यालय भक्तपुरले न्यौपानेलाई उक्त भवन प्रयोग गर्नेबारे पत्राचार गरिसकेको छ ।

भवनमा खाद्यान्न स्टोर तथा वितरणका लागि प्रयोग गरिने भएपछि नेपाली सेनाको बीरदल गण सूर्यविनायक ब्यारेकबाट खटिएका सेनाको टोलीले भवनको सरसफाई गरि तयारी अबस्थामा राखेको बीरदल गणका गणपति शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । यसका लागि नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले ५० थान त्रिपाल उपलब्ध गराएको छ । उक्त त्रिपाल ओछयाउने र खाद्यान्न भण्डारणका लागि ठाउँ तयारी अबस्थामा राखिएको छ ।

रमेश गिरी