क्वारेन्टाइनमा बस्नेले कुटे वडाध्यक्ष – Himalayan Dainik

क्वारेन्टाइनमा बस्नेले कुटे वडाध्यक्ष


क्वारेन्टाइनमा बस्नेले कुटे वडाध्यक्ष

बैतडी, १७ चैत – पुर्चौडी नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष राम बहादुर ऐरमाथि क्वारेन्टाइनमा बस्ने एक व्यक्तिले कुटपिट गरेका हुन् ।

वडाध्यक्ष ऐरलाई सोही वडाका ३७ वर्षीय धर्मानन्द बडुले कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । वडाको ग्वाल्लेक मावि वडलेकमा निर्माण गरिएको क्वारेन्टाइनमा मदिरा सेवन गरी होहल्ला गरिरहेका बडुलाई सम्झाउन खोज्दा वडाध्यक्ष ऐर कुटिएका हुन् । उनको अवस्था सामान्य रहेको छ ।