सहकारी संघ मार्फत टोल-टोलमा कृषि र खाद्य सामग्री वितरण गर्दै : सांसद बस्नेत – Himalayan Dainik

सहकारी संघ मार्फत टोल-टोलमा कृषि र खाद्य सामग्री वितरण गर्दै : सांसद बस्नेत


सहकारी संघ मार्फत टोल-टोलमा कृषि र खाद्य सामग्री वितरण गर्दै : सांसद बस्नेत

भक्तपुर, १६ चैत – विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपालमा समेत प्रभाव पारेका कारण सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्दै जनतालाई दैनिक जीवनमा अनिवार्य आवश्यकता पर्ने कुराहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतद्वारा टोल–टोलमा विक्रि वितरणको व्यवस्थापन मिलाउन शुरु गर्नुभएको छ ।

सरकारले घोषणा गरेको ‘लकडाउन’सँगै जनतालाई सुरक्षित बनाउने उद्देश्का साथ उक्त कार्यको उहाँले शुभारम्भ गर्नुभएको हो । मुलुकमा परेको संकटको व्यवस्थापनमा सूर्यविनायक नगरपालिकाको समन्वय, वडा कार्यालयको पहल र जिल्ला कृषि सहकारी संघ भक्तपुरको व्यवस्थापनमा स्थानीयवासीले गास, वास र कपासमा कुनै पनि समस्या उत्पन्न हुन नदिने साथै कोरोनाबाट सुरक्षित बनाउने लक्ष्यका साथ उहाँले आज जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थिती गुण्डुमा दैनिक जीवनमा आवश्यक आलु, मुला, प्याज, गोलभेडा, कागति, धनिया, गाजर, मटरकोसा, सिमी, च्याउ, हरियो खुर्सानी, अण्डा लगायतका तरकारीहरु टोल टोलमा विक्रि वितरणको सेवा थाल्नुभएको हो । त्यस्तै सोमवार बालकोट वडा नं २ मा सेवा प्रदान गरिने भएको छ ।

दैनिक जीवनमा अनिवार्य आवश्यकता पर्ने उक्त सामाग्रीहरु सुरक्षित तवरले किन्ने र वेच्नेको व्यावस्थान गरिएको हो । कुनै पनि समस्याका कारण कोही भोकै वस्नु पर्दैन, भाकै भर्नु पर्दैन भन्ने नेपाल सरकारको उद्घोषलाई व्यवहारिकतामा रुपान्तरण गर्दै मुलुकलाई परेको संकटमा समेत सरकार तथा सांसद बस्नेत लगायतका विभिन्न संघसंस्थाहरु जनताको साथमा रहेको स्पष्ट देखिएको छ ।

जिल्ला कृषि सहकारी संघको अध्यक्ष सनिश लागेजुले नगरपालिकको सहयोगमा किसानको बारीबाट उत्पादित ताजा कृषि र खाद्य सामाग्री संसद बस्नेतको पहलमा सुरु गरिएको हो । उक्त अभियान भक्तपुर जिल्लको चारवटै नगरपालिकामा लगिने कुरा सुनपा ७ का अध्यक्ष रबिन्द्र सापकोटाले बताउनुभयो ।

नगरप्रमुख बासुदेब थापाकाे बिशेष याेजना अनुरुप १७ गते बस्ने बिपद ब्यबस्थापन समितीकाे बैठकले नगरपालिकाकाे १० वटै वडामा मजदुरी गरि जीवन गुजारा गर्ने बिपन्ह बर्गलाई निर्वाह लागी खाध्य सामाग्री सहयाेग गर्ने निर्णय गर्ने हुदा सबै वडाका जनप्रतिनिधि तथा वडा कार्यलयका कर्मचारीहरुलाई त्यस्ता परिवार पहिचानका गर्न सहयाेग गरिदिनुहुन सम्पूर्ण नगरबासीमा अनुराेध समेत गरिएको छ।