काठमाडौँ, १६ चैत – लक डाउनमा काम गर्ने बैंकका कर्मचारीले विशेष सुविधा पाउने भएका छन् । कर्मचारी लकडाउनका कारण अहिले सीमित बैंक तथा वित्तीय संस्था खुला छन् ।
बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालका अनुसार बाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स एसोसिएसनले सबै बंैकहरुलाई लकडाउनमा खटिने आफ्ना कर्मचारीलाई विशेष सुविधा दिन आग्रह गरिएको छ ।
विशेष सुविधा अन्तर्गत तालिममा पठाउने, प्रोत्साहन भत्ता दिने लगायतको व्यवस्था गरिने उनले बताएका छन । उनले भने, ‘हामीले निर्देशन दिने होइन, आग्रह र सुझाव मात्र दिने हो । सबै बैंकले पालना गरुन् भन्ने हाम्रो चाहना हो ।’
सबै ठाउँमा बैंकको शाखा नखुल्ने भएकाले एटीएम, मोबाइल बैंकिङ, इन्टनेट बैकिङलाई प्राथमिकता दिन बैंकहरुले ग्राहकलाई भनिरहेका छन् ।