थप ८ दिन लकडाउन गर्ने सरकारको निर्णय – Himalayan Dainik

थप ८ दिन लकडाउन गर्ने सरकारको निर्णय


थप ८ दिन लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौँ, १६ चैत – आइतबार बसेको मन्त्रिपरिषद् बैठकले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो । सोहीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन थप्ने निर्णय गरेको हो ।

रकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ ।