सर्वोच्च अदालतमा तोकिएन मुद्दाको पेशी – Himalayan Dainik

सर्वोच्च अदालतमा तोकिएन मुद्दाको पेशी


सर्वोच्च अदालतमा तोकिएन मुद्दाको पेशी

काठमाडौँ, १६ चैत – कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास बस्ने तय भएअनुसार आज सर्वोच्च अदालतमा पेशी नै तोकिएको छैन ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको यही चैत १२ गते बसेको  आकस्मिक पूर्ण बैठकले उक्त भाइरसको जोखिमबाट बच्न सरकारलेनै पूर्णरुपमा देशभर लकडाउनको घोषणा गरेको हुनाले अति आवश्यक परे मात्र इजलास बस्ने निर्णय गरको थियो ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार अतिआवश्यक परे मात्र इजलास बस्ने तय भएको हुनाले अहिलेको अवस्थाको तोकिएको प्रकृतिका मुद्दा नभएका कारण पेशी तोकिएको छैन । सर्वोच्च अदालतमा गत शुक्रबार पनि मुद्दाको पेशी तोकिएको थिएन ।