चीनबाट सहयोग प्राप्त स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण – Himalayan Dainik

चीनबाट सहयोग प्राप्त स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण


चीनबाट सहयोग प्राप्त स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

काठमाडौँ, १६ चैत – चिनिया दूतावासले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई चाहिने एन-९५ मास्क लगायतका सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

आज मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई हस्तान्तरण गरेकी हुन् ।

चीनका अर्बपति ब्यापारी ज्याक माको अलिबाबा र ज्याक मा फाउण्डेसनसहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पठाएको सहयोग राजदूतले हस्तान्तरण गरेकी हुन् । यी समान सिचुवान प्रान्त तथा चिनियाँ दूतावास, अलिबाब फाउण्डेसन, ज्याक मा फाउण्डेसन, चाइना सिएमएमसी इन्जिनियरिङ कम्पनी, सिचुवान ग्रुप, होङ्सी सिमेन्ट कम्पनी लगायतले सामान पठाएका हुन् ।

अहिले सिचुवान प्रान्तले पठाएका सबै सामान र ज्याक माले पठाएका एन ९५ मास्क आइपुगेको छ । सिचुवान प्रान्तले पठाएका सामानमा दुई हजार थान एन ९५ मास्क, २४ हजार थान सर्जिकल मास्क, ५०० थाम प्रोटेक्टिभ गगल्स, ५३० थान प्रोटेक्टिभ कपडा लगायत छन् । यस्तै ज्याक माको अलिबाब र ज्याम मा फाउण्डेसनले १ लाख २०० थान एन ९५ मास्क पठाएका छन् ।

चिनियाँ प्रदेश र संघसंस्थाले दिएको बाँकी सामान अप्रिल दुईमा आउने समेत दूतावासले जनाएको छ ।