लकडाउन उल्लङ्घन गरेको भन्दै दाइले गरे भाइको हत्या – Himalayan Dainik

लकडाउन उल्लङ्घन गरेको भन्दै दाइले गरे भाइको हत्या


लकडाउन उल्लङ्घन गरेको भन्दै दाइले गरे भाइको हत्या

एजेन्सी, १५ चैत – भारतमा लकडाउन गरेको भन्दै एक दाइले आफ्नै भाइको हत्या गरेका छन् । बुधबार लकडाउनको क्रममा घरबाट निस्किएको भन्दै मुम्बईको कान्दिवली इस्टमा बस्ने २८ वर्षीय राजेश ठाकुरले आफ्नो २१ वर्षीय भाइ दुर्गेशको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार राजेशले दुर्गेशलाई लकडाउनको समयमा घरबाट ननिस्कन निर्देशन दिएका थिए । तर, दुर्गेशले त्यसलाई वेबास्ता गर्दै घरबाट निस्किएका थिए । राजेश मुम्बईमा आफ्नो पत्नीसँग बस्थे भने दुर्गेश पुणेमा वेटरको काम गर्थे । लकडाउनका कारण एक हप्ताअघि दुर्गेशले आफ्नो जागिर गुमाएका थिए । त्यसपछि उनी मुम्बई आएर राजेशसँग बस्न थालेका थिए ।

बुधबार लकडाउन भएपछि राजेशले उनलाई घरबाट बाहिर ननिस्कन भनेका थिए । तर, दुर्गेश अटेर गर्दै बाहिर निस्केपछि दुईबीच झगडा भएको थियो । यही क्रममा राजेशले दुर्गेशको टाउकोमा भाँडाले प्रहार गर्दा उनी घाइते भएका थिए । उनलाई अस्पताल पु¥याउँदा डाक्टरहरुले मृत घोषित गरेका थिए । प्रहरीले अहिले राजेशलाई पक्राउ गरेको छ ।