पोखरा, १४ चैत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नगरप्रमुख मानबहादुर जीसी हेलमेट, चस्मा, मास्क, रेनकोट र बुट लगाएर दुवैले स्प्रे मेसिन बोकेर औषधि छर्किएका छन ।
कोभिड–१९ को संक्रमण रोक्न औषधि छर्दै आफ्नै कार्यालयमा सुरु गरेका मुख्यमन्त्री र नगरप्रमुख सडकमा निस्किएका उनीहरुले न्युरोड बाटोमा पर्ने अस्पताल, एटीएम मेसिन, पसलका सटरलगायत मानिसको निरन्तर सम्पर्क हुने स्थानमा औषधि छरेका थिए ।
मुख्यमन्त्री गुरुङले कोभिड–१९ रोकथाम तथा नियन्त्रण राष्ट्रिय समन्वय समितिसँगको सहकार्यमा प्रदेशमा पनि योजना बनाइएको जानकारी दिदै उनले भने, ‘जिल्ला प्रहरी कार्यालय र स्थानीय तहसँगको समन्वयमा उनीहरूको खोजी भइरहेको छ, ‘अब विदेशबाट आउनेलाई सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमा पठाउँछौं ।’