भक्तपुर, १४ चैत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतित्थ्यतामा सूर्यविनायक नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)बारे ९ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।
नगरपालिकाले शुक्रवार नगर प्रमुख वासुदेव थापाको अध्यक्षता विश्वमा महामारिको रुपमा फैलिएको उक्त भाइसरको संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि विशेष योजनाका साथ अघि बढ्ने भएको हो ।
आम भक्तपुरवासी तथा नगरवासीलाई दुःख सुखको सारथीको रुपमा रहने उल्लेख गदैै सांसद बस्नेतले कोरोना भाइरस नेपालको सन्दर्भमा नियन्त्रणभन्दा बाहिर नरहेको बताउनुभयो । कोरोनालाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले विशेष रणनीतिका साथ जनमूखि तवरले अघि बढिरहेकोले कोही पनि आतंकित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले भाइरसको संक्रमणबाट आफु, आफ्नो परिवार, समाज तथा सम्पूर्ण नागरिकलाई बाँच्ने र बचाउने कार्यमा नेपाल सरकारले जनतालाई कोरोनाको संक्रमणबाट सुरक्षित बनाउन गरेको लकडाउनलाई सवैले पालना गर्न अपिल गर्नुभयो ।
बैठकले गरेको ९ वटा महत्वपूर्ण निर्णयहरु निम्नअनुसार रहेका छन्,
१. नेपाल सरकारले कोभिड १९ को संक्रमण रोकथामका लागि आब्हान गरे बमोजिम सूर्यविनायक नगरपालिका भित्रका नागरिकहरुलाई लक्षित गरी हाललाई १०० कोठा वरावर क्षमताको क्वारेन्टाइन वार्ड व्यवस्थापनका लागि स्थान पहिचान सहित सम्पूर्ण ब्यवस्था मिलाइएको छ ।
२. सूर्यविनायक नगरपालिका अस्पताल, दधिकोटमा कोभिड १९ को आकस्मिक ब्यवस्थापनका लागि यस सम्वन्धी सुरक्षा सामाग्रीहरु तयारी अवस्थामा राखिएको छ ।
३. कोभिड १९ लक्षण देखिएका विरामीहरुको सेवा पुर्याउने एम्वुलेन्स चालकहरुका लागि सुरक्षा सामाग्री उपलब्ध गराइनुका साथै एम्वुलेन्स समेत सुरक्षित गरी तयारी अवस्थामा राखिएको छ ।
४. विदेशबाट विगत दुई हप्ता भित्र यस नगरपालिका क्षेत्र भित्र आएका नागरिकहरुको विवरण वडागत रुपमा संकलन गरिएको छ । यस्ता नागरिकहरुलाई घर भित्रै आइसोलेसनमा वसी स्वास्थ्य सतर्कताका लागि अनुरोध भएकोमा कोही कसैले अटेर गरी नियमको पालना नगरेको पाइएमा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिने छ ।
५. नेपाल सरकारले तोकेको अनिवार्य सेवाहरु वडा समितिले सुचारु गर्न व्यवस्था मिलाउने । वडागत रुपमा घर परिवारको विवरण संकलन गरी भविश्यमा परिस्थिति कावु वाहिर गएको अवस्थामा नेपाली सेना (विरदल गण), नेपाल प्रहरी र नगरपालिकाको संयुक्त पहलमा घरदैलोसम्म नै खाद्य सामाग्रीहरु उपलब्ध गराउन संयन्त्र र वितरण प्रणाली बनाउने । वडागत रुपमा खाद्य तथा तरकारी जस्ता सामाग्रीहरुको पसल खोल्ने निश्चित समय तोक्ने, प्रत्येक पसलमा अनिवार्य रुपमा सावुन पानीले हात धुने ब्यवस्था मिलाउने र पसल धनीले समेत आवश्यक स्वास्थ्य सर्तकता अपनाउन प्रत्येक वडा समितिबाट अनुगमन गर्ने । आपूर्ति ब्यवस्थालाई सहज बनाउन आपूर्ति अनुगमन वडा समिति मार्फत गर्ने ।
६. ईटा भटृा लगायत अन्य औद्योगिक तथा निर्माण क्षेत्रमा कार्यरत मजदुरहरुको विवरण वडागत रुपमा संकलन गर्ने र त्यस्ता मजदुरहरुलाई दैनिक उपभोग्य सामाग्रीहरु अभाव भएमा वडा अध्यक्षले सम्वन्धित उद्योग तथा निर्माण ब्यवसायी धनीसँग समन्वय गरी वितरण गर्ने ब्यवस्था मिलाउने ।
७. सुक्खा खोकी, उच्च ज्वरो र थकाई लाग्ने लक्षण देखिएमा आफ्नै घरमा आइसोलेसनमा बस्न वडागत रुपमा अनुरोध गर्ने । स्वास्थ्य अवस्था विग्रदो भएमा थप चेक जाँचका लागि नजिकको स्वास्थ्य संस्था वा वडा स्थित निर्वाचित जनप्रतिनिधिलाई तत्काल खवर गरी सहयोग लिने ।
८. नगरपालिका र वडा समितिबाट नेपाल सरकारले घोषणा गरेको लक डाउनको पूर्ण पालना गराउन ब्यापक प्रचार प्रसार गर्ने गराउने र विश्व महामारी कोडिभ १९ फैलिन नदिन सबैले सहयोगको लागि नगरवासीमा आब्हान गर्ने ।
९. कोभिड १९ तथा अन्य कुनै स्वास्थ्य सम्वन्धी समस्या देखिएमा वा परामर्श लिनु परेमा देहाय बमोजिम सम्पर्क गरी सहयोग लिने ।
सम्पर्क गर्ने ब्यक्तिको नाम र थर स्वास्थ्य संस्था फोन
१. डा. निशा राई सूर्यविनायक नगर अस्पताल, दधिकोट ९८४९२३१५१७ डा. अनन्त थापा सूर्यविनायक नगर अस्पताल, दधिकोट ९८५१२०९०८८
२. वसन्त चापागाई नगर स्वास्थ्य संयोजक ९८४९१५६७११, श्री विक्रम मगर नगर स्वास्थ्य सह संयोजक ९८६२६५११०६
३. मदन राजथला सिरुटार स्वास्थ्य चौकी ९८४१३००४५९
४. पुण्य प्रसाद काफ्ले वालकोट स्वास्थ्य चौकी ९८४१७१५५१३
५. स्वस्ती आचार्य कुटुञ्जे स्वास्थ्य चौकी ९८४१११११७७
६. मुकुन्द प्रसाद चौलागाई गुण्डु स्वास्थ्य चौकी ९८४४४१२१४३
७. उमेशचन्द्र धौवडेल सिपाडोल स्वास्थ्य चौकी ९८४१३९४६५८
८. राजिव महतो नंखेल स्वास्थ्य चौकी ९८४४०७५४२३
९. राजेन्द्र फैंजु चित्तपोल स्वास्थ्य चौकी ९८४१२९९५१६
१०. विश्वराम नगरकोटी नगर प्रहरी निरीक्षक ९८४१२७५२१३