कोरोना भाइरस नियन्त्रणका लागि यी कदम चाल्नुपर्ने डब्ल्यूएचओ सुझाव – Himalayan Dainik

कोरोना भाइरस नियन्त्रणका लागि यी कदम चाल्नुपर्ने डब्ल्यूएचओ सुझाव


कोरोना भाइरस नियन्त्रणका लागि यी कदम चाल्नुपर्ने डब्ल्यूएचओ सुझाव

काठमाडौँ, १३ चैत – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि दोस्रो अवसरको सदुपयोग गर्न अपील गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयिससलेे बुधबार नियमित जानकारी दिने क्रममा अहिले गरिएको लकडाउनले एउटा अवसरको ढोका खुलेको बताए । यसको सदुपयोग गरी कोभिड-१९लाई नियन्त्रण गर्न उनले सुझाव दिएका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि प्रमुख ६ ओटा कदम चाल्नुपर्ने विश्व स्वास्थ्य संगठनको सुझाव छ ।

१.हरेक मुलुकलाई आफ्नो स्वास्थ्य स्याहार र सार्वजनिक स्वास्थ्य जनशक्ति बढाउने, तालिम दिने र उनीहरुलाई खटाउने ।

२.उपलब्ध प्रणालीको प्रयोग सबै शंकास्पद संक्रमित पहिचानको लागि गर्नुपर्ने ।

३.परीक्षणको उत्पादन, क्षमता र उपलब्धता बढाउनु पर्ने  ।

४.बिरामीको उपचार तथा आइसोलेशनमा राख्न आवश्यक सबै किसिमको सुविधाको व्यवस्था गर्ने ।

५.स्पष्ट योजना बनाउने र सबै सरकार कोभिड-१९ लाई रोक्न लागि पर्नुपर्ने ।

यी कदम नै भाइरसको नियन्त्रणका लागि सबैभन्दा राम्रो योजना भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।