कोरोनाभाइरस: नेपालमा फसेका ब्रिटिश नागरिकहरूद्वारा घर फर्काउन सहयोग गर्न अनुरोध – Himalayan Dainik

कोरोनाभाइरस: नेपालमा फसेका ब्रिटिश नागरिकहरूद्वारा घर फर्काउन सहयोग गर्न अनुरोध


कोरोनाभाइरस: नेपालमा फसेका ब्रिटिश नागरिकहरूद्वारा घर फर्काउन सहयोग गर्न अनुरोध

काठमाडौँ,१३ चैत  – नेपाल घुम्न आएको बेला कोरोनाभाइरसका कारण लागु भएको लकडाउनले गर्दा घर फर्कन नपाएका ब्रिटिश नागरिकहरूले आफ्नो उद्धार गर्न ब्रिटिश सरकारसँग अनुरोध गरेका छन्। काठमाण्डूका विभिन्न होटलमा बसिरहेका उनीहरूले थुप्रै अन्तर्राष्ट्रिय उडान बन्द भएपछि आफ्नो देश फर्कन नसकेको बताएका छन्।

कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि नेपाललगायतका मुलुकहरूले गरेको लकडाउनका कारण थुप्रै पर्यटकहरू नेपालमा अड्किएका बताइएको छ। नेपाल सरकारले अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्कन नपाउने गरी ‘लकडाउन’ गर्ने आदेश जारी गरेको छ। मङ्गलवार बिहानबाट लागु भएको ‘लकडाउन’ चैत १८ गते बिहान ६ बजेसम्म कायम रहने छ।

उनले भने, “म साथीहरूसँग मार्च १३ मा नेपाल घुम्न आएको थिएँ। मार्च २१ मा घर फर्कनुपर्ने थियो तर सम्भव भएन। मैले पाँच लाख रुपैयाँभन्दा बढी खर्च गरेर तीनपटक हवाई टिकट परिवर्तन गरिसकेँ।”

“म छिट्टै घर फर्कन चाहन्छु। घरमा मेरो परिवार र साथीहरू कुरिरहेका छन्। यस्तो अवस्थामा पनि ब्रिटिश सरकारले त्यसै छाडिदिएको छ।” “म र मेरा साथीहरूलाई छिट्टै देश फिर्ता पठाइयोस् भन्ने आग्रह गर्न चाहन्छु।” मार्चको दोस्रो साता नेपाल घुम्न आएका ६५ वर्षीय रिचर्ड राइटले ब्रिटिश सरकारबाट केही आश्वासन चाहेको बताएका छन्।

उनले भने, “अहिलेको अनिश्चितताको अवस्थामा हामी कहिले घर फर्कन पाउने भन्ने थाहा छैन। यस्तो बेला बेलायत सरकारले नै अघि सरेर हामीलाई घर फर्काउन विमानको व्यवस्था मिलाइदिन आग्रह गर्छौँ।” “किनभने मैले चारपटक पुन: टिकट बुकिङ गरिसकेँ तर म र मेरी श्रीमती फर्कन पाएका छैनौँ।” राइटका अनुसार उनको सम्पर्कमा अहिले काठमाण्डूको विभिन्न होटलमा रहेका १५ जना बेलायती नागरिकहरू छन् ।

सृजना श्रेष्ठ, बीबीसी नेपाली