एजेन्सी, ६ चैत – भारतको जयपुरस्थित एक अस्पतालका चिकित्सक टोलीले कोरोना भाइरसको औषधी पत्ता लगाएका छन । यसै महिनाको चार तारिक अस्पतालमा भर्ना हुन आएका कोरोना भाइरसका बिरामीको उपचारपछि यो तथ्य पत्ता लागेको हो । भारतीय सञ्चार माध्यमका अनुसार जयपुरस्थित सवाइ मानसिंह अस्पतालका डाक्टरहरुले औषधी सेवन गराई तीन बिरामी ठीक पारेका हुन ।
सो टोलीमा डा. प्रकाश केसवानी, डा. रमन शर्मा, अभिषेक अग्रवाल, डिएस मिना, एस बेनर्जीसहितका सो अस्पतालका प्रिन्सिपल हुनुहुन्थ्यो, डा. रमन शर्मा, अभिषेक अग्रवाल, डिएस मिना, एस बेनर्जी । सो टोलीले बिरामीलाई लोपेनाबेद र रिटोनाबेद नामक एन्टिभाइरस दिएका थिए । यस्तै क्लोरोक्लिन नामक औषधी पनि दिएका थिए । जसबाट कोरोना भाइरसका बिरामी ठीक भए ।
‘हाम्रो पुरा टीमले यो काम सफल बनायो । २ तारिक साझ ४ बजे कोरोना भाइरसको बिरामी आए । १० मिनेटमा । नयाँ भाइरस थियो, दवाई के दिने भन्ने जानकारी थिएन, कसैलाई जानकारी थिएन, हामीले तत्काल बैठक बस्यौं । हामीले छलफल गर्यौं । यो भाइरसको बारेमा धेरै आर्टिकल पढ्यौं, पढदा लोपिनावेद र रिटोनाबेदबारे जानकारी भयो । यो औषधीले कोरोनाको उपचार हुनसक्छ भन्ने कुरा भयो । राती नै मेडिकल खुलायौं । बिरामीलाई दियौं । त्यसपछि क्लोरोकिन पनि दियौं । यो दवाईले बिरामी ठीक भए । सवैमा कोरोना नेगेटिभ देखियो,’ ’ डाक्टर केसवानीको भनाई उधृत गर्दै भारतीय सञ्चार माध्यमले भनेको छ ।
हेर्नाेस डा. केसवानीको बयान