भक्तपुरको गुण्डुमा पाथीभरा मन्दिर, द्वारकाधिश बन्दै – Himalayan Dainik

भक्तपुरको गुण्डुमा पाथीभरा मन्दिर, द्वारकाधिश बन्दै


भक्तपुरको गुण्डुमा पाथीभरा मन्दिर, द्वारकाधिश  बन्दै

भक्तपुर,५ चैत – भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नंंंं. ७ गुण्डूस्थित माता पाथीभरा वैष्णोदेवी मन्दिरको पाँचदिने प्राण प्रतिष्ठा कार्यक्रम मंगलवारदेखि शुरु भएको छ । चैत ४ देखि ८ गतेसम्म माताकोे प्राण प्रतिष्ठा एवं द्वारकाधिश भगवानको स्थापना गर्न लागिएको हो ।

वडा अध्यक्ष रबिन्द्र सापकोटाका अनुसार, ४ गतेदेखि ८ गतेसम्म भागवत बाचन गरी प्राण प्रतिष्ठा हुन लागेकोे हो । मंगलवार भएको उद्घाटन कार्यक्रममा पूर्व मन्त्री एवं सांसद महेश बस्नेतले पाथीभरा मन्दिर निर्माण भएपछि यस क्षेत्र धार्मिक पर्यटकीय गतन्तव्यको केन्द्र बनेको बताउनुभयो । उहाँले मन्दिर क्षेत्रमा विकृति र विसङ्गति रोक लगाउने काममा स्थानीय महिला सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले पाथीभरा मन्दिर भक्तपुरमा मात्र नभइ उपत्यकामा नै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यको केन्द्र बन्दै गएको बताउनुभयो ।
प्रमुख कथा वाचक एवं १०८ भागवत वाचक अरिन्द शास्त्रीले पाथीभरा माताको प्राण प्रतिष्ठा गरी मन्दिर क्षेत्रमा द्वारकाधिश निर्माण कार्यमा सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । गौ संरक्षण केन्द्रका केन्द्रीय अध्यक्ष नारायणप्रसाद न्यौपानेले द्वारकाधिश मन्दिर निर्माणमा गौ संरक्षण केन्द्रले साथ र सहयोग गर्दै आएको बताउनुभयो । माता पाथीभरा वैष्णोदेवी मन्दिर व्वस्थापन समितिका अध्यक्ष अर्जुन बस्नेतले द्वारकाधिश मन्दिर निर्माण नभएसम्म आफूले यस क्षेत्रबाट विश्राम नलिने बताउनुभयो ।

सोही अवसरमा गौ संरक्षण केन्द्रद्वारा निर्माण गरेको आगामी नव वर्ष २०७७ को क्लेण्डर र द्वारकाधिश संस्कृत गुरुकुल पाठशालामा अध्ययन गराईने पाठ्य पुस्तकको मंगलवार नै प्रमुख अतिथि सांसद बस्नेतले बिमोचन गर्नुभयो । मंगलवार नै पाथीभरा मन्दिरबाट शुरु भएको कलश यात्रा गोकुलेश्वर, भिमसेन स्थान हुँदै मक्षेश्वर मन्दिरबाट पुनः पाथीभरा मन्दिरसम्म आइपुगेको थियो ।