ओप्पो एफ १५ सार्वजनिक, बजार मूल्य कति? – Himalayan Dainik

ओप्पो एफ १५ सार्वजनिक, बजार मूल्य कति?


ओप्पो एफ १५ सार्वजनिक, बजार मूल्य कति?

काठमाडौं, ५ चैत्र – ओप्पोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओप्पो एफ १५ सार्वजनिक गरेको छ।कम्पनीले नेपालमा पहिलो पटक आयोजित ओप्पोको अनलाइन लञ्च ईभेन्ट मार्फत फोन सार्वजनिक गरेको हो।

एफ सिरिजको डिजाइन नै यूवा पूस्तालाई सुदृढ दृश्यानुभुति, गुणस्तर, ट्रेण्डिनेस र जीवनमा सहजताको अनुभव प्रदान गर्न गरिएको हो। ४८ एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन सहितको ओप्पो एफ १५ ले ह्याण्डसेट मार्फत नै प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

सुरुवाती दिनदेखि नै एफ सिरिजले निकै मायाँ पाउन सफल रहेको छ। ओप्पो एफ १५ को आगमनले बजारको आवश्यकता दृष्टिगत गर्दै ट्रेण्डि डिजाइनमै अत्याधुनिक प्राविधिक विकास पस्कने एफ सिरिजको परम्परालाई निरन्तरता दिँदै नयाँ यूगको सुरुवात भएको कम्पनीको दाबी छ।

‘ओप्पो एफ १५ ले विभिन्न नवप्रबर्तन र ट्रेण्डि प्रविधिहरुको समायोजन मार्फत आफ्नो ह्याण्डसेटकै माध्यमबाट धेरैभन्दा धेरै काम गर्न सकियोस् भन्ने चाहना राख्ने यूवा पुस्तालाई अपिल गर्ने लक्ष्य राखेको छ। ओप्पो एफ १५ बजार मूल्य मूल्य रु ३९ हजार ९ सय ९० निर्धारण गरिएको छ । ओप्पो एफ १५ चैत्र १० गतेदेखि नेपाली बजारमा उपलब्ध हुनेछ।