सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँको दरले घटाएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६ रुपैयाँ र डिजेल/मट्टितेलको ९५ रुपैयाँ कायम गरिएको छ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ।